लगानी सहजीकरणका लागि राष्ट्रपतिद्वारा अध्यादेश जारी

20

काठमाडौँ, १६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ ।

तेस्रो लगानी सम्मेलनका पूर्वसन्ध्यामा सरकारले ९ वटा ऐन संशोधनका लागि अध्यादेश सिफारिस गरेको थियो ।

संविधानको धारा ११४ (१) बमोजिम राष्ट्रपति पौडेलले आइतबार अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...