डिडी न्युजको लोगो परिवर्तन भएपछि…

5

काठमाडौँ, ११ वैशाख । भारतीय सरकारी स्वामित्वमा रहेको प्रसार भारतीले न्युज च्यानल डिडी न्युजको लोगोको रंग रातोबाट बदलेर ‘सुन्तला रङ’ बनाएको छ । यसलाई हिन्दीमा ‘भागवा’ भनिन्छ भने अंग्रेजीमा ‘स्याफ्रन’ भनिएको छ । यो रङ भारतीय जनता पार्टी बिजेपीको झण्डामा पनि प्रयोग भएकाले विपक्षीले भने विरोध गरेका छन् ।

लोकसभा चुनावमा दूरदर्शनको लोगोको रंग परिवर्तनको विपक्षी दलहरूले कडा आलोचना गरेका छन् । राज्यसभा सदस्य तथा पूर्वप्रसार भारती प्रमुख जवाहर सरकारले भनेका छन्, ‘यो प्रसार भारती होइन, यो प्रचार भारती हो । तर, प्रसार भारतीका वर्तमान प्रमुख कार्यकारी अधिकृत गौरव द्विवेदीले यी आरोपको खण्डन गरेका छन् । उनले भने, ‘लोगोमा चम्किलो रङको प्रयोग भनेको व्यापारिक रणनीति मात्र हो, यसको राजनीतिसँग कुनै सरोकार छैन ।’

गतवर्ष जनवरीमा ‘दूरदर्शन पोथिगाई’ टेलिभिजन च्यानलको नाम बदलेर ‘डिडी तमिल’ राखिएको थियो ।
त्यतिबेला यो समाचारलाई लिएर निकै विवाद भएको थियो । तर, तमिलको लोगो पनि अहिलेको डिडी न्युजकै जस्तो रङमा परिवर्तन गरिएको थियो ।

यस महिनाको सुरुमा केरलाका मुख्यमन्त्री पिनाराई विजयनले दूरदर्शनमा फिल्म ‘द केरला स्टोरी’ प्रसारणको कडा विरोध गरेका थिए ।

तर, यसका बाबजुद पनि फिल्म ५ अप्रिल राति ८ बजे दूरदर्शनमा प्रसारण भएको थियो । यो मामिला पनि टुंगिएको थिएन जब प्रसार भारती फेरि एकपटक डिडी न्युजको लोगोको रंग परिवर्तनलाई लिएर विवादमा परेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...