तीन सहसचिव सचिव पदमा बढुवा

13

काठमाडौँ, ६ वैशाख । सरकारले तीन जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ ।

बिहीबार सिंहदरबारमा बसको मन्त्रिपरिषद्को बैठकले प्रशासन सेवातर्फ रिक्त एक सचिवमा केदारनाथ शर्मा, लेखा परीक्षकतर्फ रिक्त उपमहालेखा परीक्षक पदमा वैकुण्ठबहादुर अधिकारी र राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई बढुवा गरेको हो ।

उनीहरुलाई लोकसेवा आयोगको बढुवा सिफारिस समितिको सिफारिसका आधारमा बढुवा गरिएको सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बताउनुभयो ।

तोयम राय महालेखापरीक्षकमा नियुक्त भएसँगै रिक्त भएको सचिव पदमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशका कायममुकायम प्रमुख सचिव शर्माको नाम एकल सिफारिस भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...