दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमा आम निर्वाचनमा उम्मेदवार बन्न नपाउने

26

काठमाडौँ, १७ चैत । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमा आम निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् । त्यहाँ मे २९ मा हुन लागेको निर्वाचनमा उनी उम्मेदवार हुन अयोग्य घोषित भएका छन् ।

निर्वाचन आयोगले जुमाको आपराधिक अभिलेखका कारण यस्तो निर्णय गरेको जनाएको छ ।

सन् २०१८ मा जुमाको आफ्नै पार्टी अफ्रिकन नेसनल कांग्रेस (एएनसी)ले उनलाई राष्ट्रपति पदबाट राजीनामा दिन आग्रह गरेको थियो । तर, उनले अस्वीकार गरेका थिए । यसपछि, दक्षिण अफ्रिकाको सर्वोच्च न्यायिक निकायले उनलाई भ्रष्टाचार सम्बन्धी मुद्दामा २०२१ मा १५ महिनाको जेल सजाय सुनाएको थियो ।

८१ वर्षीय जुमालाई आयोगको निर्णयविरुद्ध अपिल गर्न अप्रिल २ सम्मको समय दिइएको छ । जुमाले आफैँ विगतमा अध्यक्ष भएको पार्टी एएनसीविरुद्ध सक्रिय रूपमा अभियान चलाइरहेका छन् ।

जुमा दक्षिण अफ्रिकाको चौथो राष्ट्रपति भएका थिए । जुमालाई जुलाई २०२१ मा न्यायिक आयोगमा उपस्थित हुन दिएको अदालतको आदेश अवहेलना गरेकोमा १५ महिनाको जेल सजाय सुनाएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...