सन्दीप लामिछानेको पहिलो सुनुवाइ २३ चैतमा

17

काठमाडौँ, १५ चैत । उच्च अदालत पाटनले नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पहिलो सुनुवाइको मिति तोकेको छ ।

बलात्कार आरोपित सन्दीपले जिल्ला अदालत काठमाडौँको फैसला पुनरावलोकनका लागि उच्च अदालतमा निवेदन दिनुभएको थियो । तारिख बुझेकाले अब पहिलो सुनुवाइ चैत २३ गते शुक्रबार हुने उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिनुभयो ।

एक पक्षले मात्र पुनरावलोकनको निवेदन दिएको भए चैत २३ मा झगडिया झिकाउने आदेश हुने थियो । तर, सरकारी पक्ष पनि पुनरावलोकनका लागि गएकाले दुवै जनालाई एक अर्काको पुनरावलोकन सुनाउने काम हुने छ । त्यसपछि दुवै निवेदनलाई सँगै राखेर निरन्तर सुनुवाइ हुने उच्च अदालतले जनाएको छ ।

गत वर्ष ‘गौशाला २६’ ले क्रिकेटर सन्दीपलाई बलात्कारको मुद्दा दर्ता गरेकी थिइन् । उक्त मुद्दामा काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको छ । उक्त फैसलामा चित्त नबुझाएपछि सन्दीप उच्च अदालत पाटन जानुभएको हो । सरकारी पक्ष पनि उनी नाबालिग नै रहेको भन्दै फैसला पुनरावलोकनका लागि गएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...