नेपालद्वारा आयरल्यान्ड वुल्भ्सविरूद्धको सिरिज क्लिन स्वीप
काठमाडौँ, १३ चैत । नेपालले आयरल्यान्ड वुल्भसविरुद्धको टी–२० सिरिज जितेको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो टी-२० मा पनि आयरल्यान्ड ‘ए’ अर्थात् वुल्भ्सलाई ७१ रनले पराजित गरेपछि सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९८ रनको विशाल योगफल तयार पारेको थियो । जवाफमा आयरल्यान्ड १८.३ ओभरमा सबै विकेट गुमाएर १२७ रनमा रोकिन पुग्यो ।
पहिला ब्याटिङ गर्दा घरेलु टोली नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुवात गरेका थिए । पहिलो विकेटका लागि ३४ रनको साझेदारी गर्दै आशिफ आउट भएका थए । आशिफले ११ बलमा १२ रनको पारि खेल्दा एक छक्का समान चौका प्रहार गरे ।
त्यसपछि दोस्रो विकेटको रुपमा कुशल भुर्तेल पभेलियन फर्किए । १६ बलमा २५ रनको पारि खेलेका भुर्तेलले समान दुई दुई छक्का र चौका प्रहार गरे । तेस्रो विकेटको रुपमा अनिल साह आउट भएका थिए । अनिलले ११ बलमा १२ रन बनाएका थिए । अनिल साह आउट हुँदा नेपालले ६.५ ओभरमा ५६ रन बनाएको थियो ।
त्यसपछि गुल्सन झा र कप्तान रोहित पौडल मिलेर नेपालको पारी अघि बढाए । १३.५ ओभरमा १२७ रन भएका बेला गुल्सन चौथो विकेटको रुपमा आउट भए । गुलसनले ३२ बलमा ४६ रनको पारी खेल्दा चार छक्का र एक चौका प्रहार गरेका थिए । रोहित र कुशल मिलेर आक्रमक रुपमा अघि बढाए । रोहित २४ बलमा पाँच चौकाको मद्धतले ३३ रन बनाएका थिए ।
कुशल मल्लले १३ बलमा ३४ रनको आक्रमक पारी खेले । उनले चार छक्का र एक चौका प्रहार परे । सन्दीप जोराले १० बलमा २१ रनको पारी खेल्दा विवेक यादवले नटआउट ७ रन बनाउँदा नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९८ रन बनायो ।
आयरल्यान्डका म्याथु फोस्टरले ३ तथा वेन ह्वाइटले २ विकेट लिए ।
१९९ रनको विशाल लक्ष्यसहित मैदान उत्रिएको आयरल्यान्डले सुरुवात उत्कृष्ट गरे पनि मध्यक्रममा ब्याटरहरू टिक्न नसक्दा अन्ततः १८.३ ओभरमा १२७ रनमा समेटियो । आयरल्यान्डका लागि स्टेफ दानीले सर्वाधिक २६ रन बनाउँदा मार्गन टोपिङले २१ रन जोडे । त्यसैगरी केड काम्पेलले १८ रन बनाउँदा रस एडिर र नेइल राकले १७–१७ र नजोडेका थिए । ग्रेथ डेलेनी १५ रनमा आउट भएका थिए ।
नेपालका कुशल मल्ल र सोमपाल कामीले तीन-तीन विकेट लिँदा करण केसी, विवेक यादव र कुशल भुर्तेलले एक-एक विकेट हात पारे ।
नेपालको सिनियर टिम आजै विश्वकप तयारीका लागि भारत जाने छ भने यहाँ रहेको आयरल्यान्डसँग अब नेपालको ए टिमले तीन-तीन खेलको टी-२० र एक दिवसीय सिरिज खेल्ने छ ।