दुर्गा प्रसाईँको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

63

काठमाडौँ, १२ चैत । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीशहरू डा. कुमार चुँडाल र सारंगा सुवेदीको संयुक्त इजलासले प्रक्रिया पुर्‍याउनका लागि बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सोमबार आदेश जारी गरेको हो ।

आदेशमा ‘यदि अस्पतालले सम्बन्धनको प्रक्रिया पुर्‍याएको भए सम्बन्धन दिनु’ भनिएको छ ।

सरकारले सम्बन्धका लागि आशय पत्र दिए पनि चिकित्सा शिक्षा सुधारका लागि डा.गोविन्द केसीले आन्दोलन सुरु गरेपछि सम्बन्धन रोकेको थियो ।

मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओआई पाएर संरचना निर्माण गरे पनि उक्त कलेजले सञ्चालनका लागि सम्बन्धन पाएको छैन । कलेजका तर्फबाट सञ्चालक दुर्गा प्रसाईँले २०७७ मै सम्बन्धन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...