विश्वकप छनोटमा नेपाल बहराइनसँग पराजित

65

काठडमाडौँ, ९ चैत । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल घरेलु टोली बहराइनसँग पराजित भएको छ ।

शुक्रबार बिहान बहराइनको रिफ्फा सहर स्थित बहराइन राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको हो ।

बहराइनको जितमा माहदी अल हुमाइदान, सायद बाकर, अली मादन र इब्राहिम अलखताल समान १÷१ गोल गरे । पहिलो हाफमा ३ गोल गरेको बहराइले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो ।

नेपाल समूह ‘एच’ मा लगातार तेस्रो खेलमा पराजित भयो । यसअघि युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको हो। बहराइनको भने दोस्रो जित हो ।

सुरुवाती दोस्रो मिनेटमै गोल ब्यहोरेको नेपालले ८ मिनेटमा पुन अर्को गोल ब्यहोरेको थियो । यस समूहमा शतप्रतिशत जितसहित युएई अंक तालिकाको शीर्ष स्थानमा छ। युएईले ३ खेलबाट ९ अंक जोडेको छ । जितसँगै बहराइनको समान खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । बहराइनले यसअघि यमनलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

समान खेलबाट यमन ३ अंकसहित तेस्रो स्थानमा छ । नेपाले भने हालसम्म जित निकाल्न सकेको छैन र अंकविहीन रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...