विभाजित एनआरएनएलाई मिलाउन पहल गर्छु : परराष्ट्रमन्त्री श्रेष्ठ

20

काठमाडौँ, ५ चैत । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विभाजित एनआरएनएलाई मिलाउन पहल गर्ने बताउनुभएको छ । उहाँले एनआरएनए एकजुट नहुँदासम्म लक्ष्य पूरा हुन नसक्ने बताउँदै सोहीअनुसार गम्भीर हुन समेत आग्रह गर्नुभयो ।

आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए)का एकपक्षका अध्यक्ष राजेन्द्र कुमार शर्मासहित पदाधिकारीहरुसँगको भेटमा पराष्ट्रमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । काठमाडौँ महाधिवेशनबाट शर्मा अध्यक्ष निर्वाचित भएपनि त्यो महाधिवेशन नै विवादित छ । त्यसबारे छानबिन गर्न बनेको समितिले रिपोर्ट समेत सरकारलाई दिइसकेको छ ।

अध्यक्ष शर्मासहितको टोलीले आफूहरु महाधिवेशनबाट निर्वाचित भएपनि विवादित बनाइएको भन्दै सरकारले न्याय दिनुपर्ने माग गरेका थियो । उहाँहरूले रसियामा अलपत्र परेका नेपालीलाई उद्धार गर्न आग्रह गर्नुभएको छ भने मध्यपूर्व र विश्भरका गैरआवासीय नेपालीको मुद्दामा मन्त्रालयकोतर्फबाट पहलकदमी लिइदिन समेत अनुरोध गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...