उदयपुर दुर्घटना : मृतक आठै जनाको सनाखत [अपडेट]

31

उदयपुर, १ चैत । उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीमा बिहान भएको बोलेरो गाडी दुर्घटनामा मृत्यु हुने आठै जनाको सनाखत भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सुनसरीको इटहरी–९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका–२ की ७० वर्षीया पर्वतमाया राई, २३ वर्षीय चन्द्रप्रकाश राई छन् ।

यसैगरी, ६ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी–५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी ५ का ४२ वर्षीय किसन राईको सनाखत भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ९ जनाको सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

धरानबाट भोजपुरको घोडेटारतर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो बिहान ११ बजे मैनामैनीमा सडकबाट करिब ४०० तल खसेको थियो ।

त्यसक्रममा ७ जनाको घटनास्थलमै तथा एकजनाको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...