त्रिकोणात्मक टी-२० : उपाधिका लागि नेपाल र पिएनजी भिड्दै

25

काठमाडौँ, ३० फागुन । हङकङमा जारी त्रिकोणात्मक टी-२० क्रिकेटको उपाधि भिडन्त आज हुँदै छ । उपाधिका लागि नेपाल र पपुवा न्युगिनी (पिएनजी) आमने सामने हुन लागेका छन् ।

नेपालले पहिलो खेलमा घरेलु टोली हङकङसँग अंक बाँडेको थियो भने दोस्रो खेलमा पिएनजीलाई ८५ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

मंगलबार नै भएको दोस्रो खेलमा हङकङमाथि १० विकेटको फराकिलो जित निकाल्दै पिएनजीले उपाधिका लागि नेपालसँगको भिडन्त पक्का गर्न सफल भयो ।

नेपाल र पीएनजीबीचको फाइनल खेल मध्यान्ह पौने १२ बजेदेखि सुरु हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...