विश्वभर स्वतन्त्रता र लोकतन्त्र ठुलो खतरामा छ : बाइडेन

9

काठमाडौँ, २५ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अहिले विश्वभर नै स्वतन्त्रता र लोकतन्त्र ठुलो खतरामा रहेको बताउनुभएको छ ।

राष्ट्रपतिको चुनावअघि ‘स्टेट अफ द युनियन’लाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले भन्नुभएको छ, ‘यतिबेला विश्वभर स्वतन्त्रता र लोकतन्त्र ठुलो खतरामा छ । यदि कसैले रुसी राष्ट्रपति पुटिन युक्रेनबाट पछि हट्नेछन् भन्ने सोच्छन् भने उनीहरु गलत छन् । म पुटिनलाई भन्न चाहन्छु ‘हामी युक्रेनलाई कहिल्यै त्याग्ने छैनौँ र हामी रूससँग कहिल्यै झुक्ने छैनौँ ।’

बाइडेनले युक्रेनका लागि सहयोग जारी राख्न संसद्लाई अपील पनि गर्नुभयो । आप्रवासीको बारेमा कुरा गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले भन्नुभयो,‘म आप्रवासीहरूलाई ट्रम्पजस्तो राक्षस ठान्दिनँ । उहाँजस्तै, म आप्रवासीहरूले अमेरिकाको रगतमा विष हाल्दैछन् पनि भनीहाल्दिन ।’

उहाँले मानिसहरूलाई उनीहरूको धर्मको आधारमा प्रतिबन्ध नलगाउने भन्दै संसारको हरेक कुनाका मानिसहरूका लागि अमेरिका सुरक्षित ठाउँ भन्ने विश्वास जगाउनुपर्ने बताउनुभयो ।

यसैगरी, युक्रेन युद्धमा अमेरिकी सेना नजाने पनि प्रष्ट पार्नुभएको छ । युक्रेनले रुससँग प्रतिस्पर्धा गर्नका लागि हामीसँग हतियारको मामिलामा सैन्य सहयोग मागेको छ । ट्रम्पको नाम नलिई बाइडेनले भन्नुभयो, ‘पूर्वराष्ट्रपतिले रुसलाई नेटो देशहरूविरुद्ध मनोमानी कारबाही गर्न उक्साएका थिए । उनी पुटिनको अगाडि झुके । यस प्रकारको कथन अत्यन्त खतरनाक छ र स्वीकार गरिने छैन ।’

आफू कोरोनाबाट सत्तामा आएको स्मरण गर्दै त्यतिबेला देशको आर्थिक अवस्था नाजुक रहेको र अहिले सरकारले यसलाई फेरि माथि उठाएको दाबी गर्नुभयो।

Share This:
सम्बन्धित खबर
Loading...