एलिजा र निश्चललाई लिएर फिल्म बनाउँदै समुद्र भट्ट

23

कठमाडौँ, १२ फागुन । निर्देशक समुद्र भट्टले नयाँ फिल्म बनाउने हुनुभएको छ । निर्देशक समुद्रले नायिका एलिजा गौतम र नायक निश्चल खड्कालाई लिएर फिल्म बनाउन लाग्नुभएको हो ।

द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गर्न लागिएको अनटाइटल प्रोजेक्टमा उहाँले एलिजा र निश्चललाई मुख्य भूमिकामा शनिबार अनुबन्धित गराउनुभएको हो ।

आगामी वैशाखभित्रै छायांकन सुरु गर्ने गरी तयारी गरिएको फिल्मका बारेमा केही दिनमै सम्पूर्ण जनकारी दिने निर्माण पक्षले गरेको छ । लभ स्टोरी क्राइम थ्रिलर रहने फिल्ममा समुद्रकै कथा रहने छ ।

अनुराग फिल्मबाट डेब्यु गरेकी एलिजाले त्यसयता थुप्रै म्यूजिक भिडिओमा काम गर्दै आइरहनुभएको छ । उहाँको यो दोस्रो फिल्म हुने छ ।

निश्चलले `लन्डन टु पेरिस`बाट रजतपटमा डेब्यु गर्नुभएको हो । यो फिल्म प्रदर्शनको तयारीमा रहेको छ । समुद्रले निर्देशन गर्नुभएको ‘गुन्यो चोलो’ प्रदर्शनको पर्खाइमा रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...