आहा ! रारा गोल्डकप : त्रिभुवन आर्मी क्वाटरफाइनलमा

99

कास्की, ११ माघ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा–रारा पोखरा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार सम्पन्न खेलमा आर्मीले राइजिङ स्टार क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

खेलको २७औँ मिनेटमा आर्मीका लागि भरत खवासले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । पेनाल्टीबक्समा खवासले हेड गर्दै गोल गरेका थिए । निर्णायक गोल गरेका खवास ‘प्लेयर अफ दी म्याच’ घोषित भए । उनले १० हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा आज मच्छिन्द्र क्लब र जावलाखेलबीच खेल हुने छ ।

यही माघ ९ गतेदेखि सुरु भएको प्रतियोगिता माघ २० गतेसम्म चल्ने छ । प्रतियोगिताको विजेताले १२ लाख एक हजार तथा उपविजेताले ६ लाख एक हजार पुरस्कार प्राप्त गर्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...