बन्द भएका सटरहरु अब खुल्छन् : ऊर्जामन्त्री बस्नेत

30

काठमाडौँ, २१ पुस । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आर्थिक अवस्थामा लयमा फर्किन लागेको बताउँदै बन्द सटरहरु खुल्ने भएका छन् । कोभिड महाभारीले विश्व अर्थतन्त्रमा पारेको प्रभावबाट नेपाल पनि अछुत हुन नसकेको बताए ।

“कोभिड महामारीले विश्व अर्थतन्त्रमा परेका दाबाबबाट नेपाल पनि अछुत रहेन । विस्तारै अर्थतन्त्र लयमा फर्किँदैछ । बन्द भएका सटरहरु अब बिस्तारै खुल्दैछन्” मन्त्री बस्नेतले भने । उनले सरकारले निर्माण व्यवसायीको बाँकी भुक्तानी पठाईसकेको जानकारी समेत दिए ।

शनबिार नेपाल उद्योग व्यापार महासंघको दोस्रो वार्षिक साधारणसभामा बोल्दै नेपाल श्रीलंका बन्छ भन्ने हल्लाबीच वर्तमान सरकार बनेको बताउँदै अब त्यस्तो नरहेको समेत बताए । “नेपाली श्रीलंका बन्छ भन्ने हल्ला अब छैन, विस्तारै देश बर्बादीतिर होइन समृद्धितिर अघि बढेको छ । चुनौती र दबाब भने अवश्य छन्,” मन्त्री बस्नेतले भने ।

मन्त्री बस्नेतले १२ वर्षमा २९ हजार मेगावट विद्युत् उत्पादन गरेर देशलाई समृद्धिको यात्रामा अघि बढाउन सरकार लागि परेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैँबाट सुशासनको अभियान सुरु गरेको बताउँदै मन्त्री बस्नेतले तथ्यहरुले देश प्रगतिको दिशातिर गएको देखाएको दाबी गरे ।

कार्यक्रममा पूर्वमुख्य सचिव लिलामणि पौडेलले देशलाई समृद्धिको यात्रामा लैजान सबै एकजट भएर लाग्नुपर्नेमा जोड दिए । व्यवसायी कृष्ण आचार्यले अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेको बताउँदै चुनौती अझै बाँकी रहेको बताउँदै सरकारले अझै मेहनत गर्नुपर्नेमा जोड दिए । उनले विकास निर्माणको लागि विद्युत उत्पादन अनिवार्य भएको बताउँदै सरकारी ऐन निकै झनझटिलो भएको बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारका पछिल्ला कदमले अर्थतन्त्र लयमा फर्किने वातावरण बन्दै गएको बताए । उनले प्रधानमन्त्री प्रचण्डले एकवर्षको पुगेका अबसरमा गरेको घोषणाले निजी क्षेत्र उत्साहित बनेको बताउँदै अर्थतन्त्र चलायमान बनाउन विकास खर्च बढाउनुपर्नेमा जोड दिए ।

Share This:
सम्बन्धित खबर
Loading...