चलचित्र निर्माता सुमन राई भूकम्प पीडितको सेवामा

83

काठमाडौँ, २३ मङ्सिर । चलचित्र निर्माता सुमन राई भूकम्पपीडितको सेवामा खटिएका छन् । बढ्दै गएको चिसोले सो क्षेत्रका बालबालिका, सुत्केरी, वृद्धवृद्धा मारमा परेका र केहीको मृत्यु भएको खबर सार्वजनिक भएसँगै भूकम्प पीडितलाई सहयोग गर्न राई जाजरकोट पुगेका हुन् ।

अनुग्रह फाउन्डेसनका संस्थापक अध्यक्ष तथा फिल्म ‘गोर्खा वारियर’का निर्मातासमेत रहेका राईले जाजरकोट भूकम्प पीडितलाई ५५ परिवार लाई टेन्ट सामग्री र नगद प्रदान गरेका छन् ।

समाजसेवा गर्न रुचाउने राई स्वयम् उपस्थित भइ जाजरकोट, नलगाड़ नगरपालिका ४ र ५ र बारेकोट गाउँपालिका ९, सक्ला पुगेका थिए । उनले भूकम्पको मारमा परेका पीडित जाजरकोटबासीलाई सहयोग गर्न पाउँदा खुसी मिलेको प्रतिक्रिया दिएका छन् ।

राईले यसअघि विभिन्न ठाउँमा शिक्षा र वृद्धवृद्धाका लागि अनुग्रह फाउन्डेसनमार्फत् सहयोग गर्दै आइरहेका छन् । साथै, उनले सम्पूर्ण अनुग्रह फाउन्डेसन टिम र टिमसँग जोडिएका सबै लाई धन्यवाद दिएका छन् ।

गत १७ कात्तिकमा जाजरकोलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठुलो धनजनको क्षति भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...