गृहमन्त्री श्रेष्ठको स्वास्थ्य बुझ्न गंगालाल पुगे प्रधानमन्त्री प्रचण्ड

22

काठमाडौँ, २० मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र पुगेर प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान श्रेष्ठको अवस्थाबारे जानकारी लिएका हुन् । श्रेष्ठका प्रमुख स्वकीय सचिव विजय गौतमले प्रधानमन्त्रीले अस्पताल आएर स्वास्थ्य अवस्था बुझेको जानकारी दिए ।

छातीमा असहज अवस्था उत्पन भएपछि उपचारका लागि मंगलबार राति श्रेष्ठ गंगालाल पुगेका थिए । उनको एन्जिओग्राम गरी मुटुको देब्रे भागको नसाको एन्जिओ प्लास्टी गरिएको गौतमले बताए ।

श्रेष्ठको सघन उपचार कक्षमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको गौतमले जानकारी दिए । गत असोज अन्तिममा चीन भ्रमणमा गएका बेला श्रेष्ठलाई हृदयघात भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...