उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर

19

काठमाडौँ, २० मङ्सिर । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

मंगलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गंगलाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका उनलाई डा.अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्याबाट पीडित भएपछि त्यहाँ उनको उपचार गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...