चलचित्र ‘कंगारु’मा ‘माग्ने बुढा’ अनुबन्धित

36

काठमाडौँ, १९ मङ्सिर । सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कंगारू’मा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले साइन गरेका छन् । कलाकार घिमिरे र यो फिल्मको निर्माण पक्षबीच सोमबार औपचारिकरूपमा सम्झौता भएको हो ।

निर्देशक सम्राटले केही समयअघि ‘कंगारु’ घोषणा गरेका थिए । यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएका थिए ।

राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको छ ।

कलाकार घिमिरेले ‘छक्का पञ्जा’ टिमभन्दा बाहिरको ब्यानरमा दोस्रो पटक काम गर्न लागेका हुन् । यो फिल्ममा काम गर्ने सम्झौता गर्दै गर्दा आफू निकै नै उत्साहित रहेको कलाकार घिमिरेले बताए ।

केदार घिमिरे सम्झौता भएसँगै निर्देशक बस्नेत भन्छन्, “केही फरक कथा भन्न मन लागेको छ । कंगारूका लागि हामीले स्क्रिप्टमा मात्र २ वर्ष समय लगाएका छौँ । दर्शकले, यसपटक फरक स्वादमा फिल्म हेर्न पाउनुहुनेछ ।”

Share This:
सम्बन्धित खबर
Loading...