सर्बिया पठाइदिन्छु भनी १७ लाख ठगी गर्ने पक्राउ

17

काठमाडौँ, १५ मंसिर । वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भनी १७ लाख १७ हजार रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा जितपुरसिमरा उपमहानगरपालिका–१ बस्ने २५ वर्षीय दिपेश बास्कोटा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका बास्कोटाले बल बहादुर थापा मगरलगायत ३ जनालाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने, सर्बिया पुगेपछि प्रतिष्ठित कम्पनीमा प्याकिङको काम लगाइदिने र मासिक एक लाख तलब हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी जम्मा १७ लाख १७ हजार ३०० रूपैयाँ रकम लिइ सम्पर्कविहीन भइ ठगी गरेको उजुरीका आधारमा बिहीबार पक्राउ गरिएको हो ।

पक्राउ परेका बास्कोटालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता रेग्मीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...