युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह

17
काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा पुँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरूलाई आग्रह गरेका छन् ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुने सिलसिलामा बिहीबार अबुधाबी पुगेका प्रधानमन्त्रीले सोही दिन साँझ नेपाल–दुबई व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पुँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरेका हुन् ।
दुबई उद्योग वाणिज्य संघसँगको सहकार्यमा अबुधाबीस्थित नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी दिएका थिए ।
युएईका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले युएई र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सबल तुल्याउन घनिभूत सहकारी एवम् साझेदारी अपरिहार्य भएको बताए ।
दुबई उद्योग वाणिज्य संघका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अली बिन रसेद लुटाहले नेपाल उद्योग वाणिज्य संघ र दुबई उद्योग वाणिज्य संघबीच सहकार्य एवम् सहयोग अभिवृद्धिका प्रशस्त क्षेत्र रहेको बताएको उक्त दूतावासले जनाएको छ ।
Share This:
सम्बन्धित खबर
Loading...