घट्यो पेट्रोलियम पदार्थको मूल्य

44

काठमाडौँ, १४ मंसिर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ १२ पैसा र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रूपैयाँ ९ पैसाले मूल्य घटाएको हो ।

एलपी ग्यासको भूल्य भने बढेर आए पनि हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोल प्रतिलिटर १६७ रूपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल १५७ रूपैयाँ ५० पैसा पर्ने छ ।

त्यस्तै, सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल १६९ रूपैयाँ पर्ने छ भने डिजेल र मट्टितेल १५९ रूपैयाँ पर्ने छ ।

काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १७० रूपैयाँ पर्ने छ भने डिजेल र मट्टितेल १६० रूपैयाँ पर्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...