नक्कली शरणार्थी प्रकरणको सुनुवाइ सकियो, निणर्य भोलि

18

काठमाडौँ, १४ मंसिर । उच्च अदालत पाटनमा यही मंसिर ५ गतेदेखि सुरू भएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकिएको छ ।

न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा आज सुनुवाइ सकिएको र भोलि निर्णय हुनसक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।

जिल्ला अदालत काठमाडौँले सुनाएको थुनछेक आदेशविरूद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएर अदालतले शुक्रबार निर्णय सुनाउने भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...