उदयपुरमा पिकनिक गएको स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

272

काठमाडौँ, ९ मंसिर । उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । त्रियुगाको अन्नपूर्ण सेकेन्डरी स्कुलको १–०५–००१ ख ००४४नम्बरको स्कुल बस उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा पल्टिँदा ३ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ज्यान गुमाउनेहरूमा बसका चालक ४० वर्षीय भिखन चौधरी, ६ वर्षकी सम्या चौधरी र ७ वर्षका विकास चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिनन्द चौधरीले जानकारी दिए ।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेका १२ जनालाई थप उपचारका लागि विराटनगर पठाइएको डिएसपी चौधरीले बताए । बसमा रहेकामध्ये अरू ३२ जना केही सामान्य घाइते भएर जिल्ला अस्पतालमा उपचार गराइरहेको र केही घर फर्किएका उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...