सहिद भीमदत्तको सालिक तोडफोड गर्ने १८ जना पक्राउ

26

महेन्द्रनगर, ९ मंसिर । कञ्चनपुर प्रहरीले महेन्द्रनगरस्थित स्थानीय पार्कमा रहेको सहिद भीमदत्त पन्तको सालिक तोडफोडमा संलग्न रहेको आरोपा राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेतासहित १८ जना पक्राउ गरेको छ ।

शुक्रबार महेन्द्रनगरमा गणतन्त्रको विरोध र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै राप्रपासहितका स्थानीय प्रदर्शनमा उत्रिएका थिए । सो क्रममा उनीहरूले पार्कमा रहेको सालिक तोडफोड गर्नुका साथै पार्कको गेटमा लेखिएको भीमदत्तको नामसमेत मेटेका थिए ।

राज महेन्द्रले पार्क निर्माण गरेको भन्दै आन्दोलनरत समूहले सालिक तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले सालिक तोडफोडमा संलग्न १८ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीले राजा र हिन्दुत्वसँगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारीलगायतका मुद्दामा नाराबाजीसमेत गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...