श्री एयरलाइन्सको विमान काठमाडौँमा सुरक्षित अवतरण

35

काठमाडौँ, ८ मंसिर । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको छ । समस्याग्रस्त जहाजमा चालक दलका सदस्यसहित ७६ यात्री थिए ।

उक्त जहाजको ‘इन्डिकेटर’ले प्राविधिक समस्याको संकेत गरेपछि विमान काठमाडौँ फर्किको कम्पनीका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए ।

प्राविधिक समस्या उत्पन्न भएको विमानका यात्रीलाई अर्को जहाजको व्यवस्था गरेर गन्तव्यतर्फ पठाइएको जानकारी व्यवस्थापक मानन्धरले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...