बल्खु प्रदर्शनमा प्रहरीसहित २८ जना घाइते

29

काठमाडौँ, ७ मंसिर । काठमाडौँको बल्खुमा आज भएको प्रदर्शनमा झडपको स्थिति सिर्जना भएपछि त्यसलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसहित २८ जना घाइते भएका छन् ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार शान्ति, सुरक्षा कायम गर्ने क्रममा पाँच प्रहरी र २३ जना प्रदर्शनकारी घाइते भएका हुन् ।

झडपमा घाइते भएकामध्ये १७ जना उपचारपछि घर फर्केका छन् भने ६ जनाको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।

उत्तेजित भीडको ढुंगा प्रहारबाट घाइते भएका प्रहरीको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

स्थितिलाई नियन्त्रणमा लिन १५७ सेल अश्रुग्यास र पाँच राउण्ड रबरको गोली प्रहार गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...