बोरामा बाँधेर फालेको अवस्थामा दुई शव फेला

106

चितवन, ७ मंसिर । भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कलवडमा बुधबार एक पुरष र एक महिलाको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार अन्दाजी ३०–३२ वर्षको उमेरका उनीहरूको शव भेटिएको हो । शव दुईवटा बोरामा बाँधेर फालेको अवस्थामा भेटिएको हुँदा शंकास्पद भएको उनले बताए ।

हातखुट्टा बाँधेर बोरामा हालेर फालेको अवस्थामा शव भेटिएको र घटनाको अनुसन्धान सुरू गरिएको प्रवक्ता पण्डितले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...