मकवानपुर केन्द्रबिन्दु भएर भूकम्प

58

काठमाडौँ, ७ मंसिर । मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

आज बिहान १ बजेर १९ मिनेटमा चित्लाङ आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का मकवानपुरका विभिन्न ठाउँ, काठमाडौँ र आसपासका जिल्लामा समेत महसुस भएको थियो ।

पछिल्लो केही महिना यतादेखि नेपालको पश्चिमी जिल्लाहरूमा बारम्बार भूकम्प गइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...