अभिनयलाई निरन्तरता दिन्छु : अभिनेत्री थापा

39

काठमाडौँ, ६ मंसिर । केही समयसम्म चलचित्रबाट टाढा रहेकी अभिनेत्री रेखा थापा पुनः चलचित्र उपहारमार्फत् निर्माण र अभिनयमा सक्रिय भएकी छन् । केही समय राजनीति र घर गृहस्थीमा व्यस्त भएकाले कलाकारितामा निरन्तरता दिन नपाएको उनले बताइन् ।

“म चुनावको क्रममा घुम्दा पनि दर्शकले पर्दामा नदेखिएको धेरै भयो, नयाँ चलचित्र कहिले हेर्न पाइन्छ ? भन्ने जिज्ञासा राख्नुहुन्थ्यो । म विविध कारणले केही समय विश्राममा रहे पनि अलग भने भएको थिइनँ,” अभिनेत्री थापाले भनिन् ।

उनले आफू चिनिएको चलचित्र कर्मबाट आउँदा दिनमा पनि लामो समय नटाढिने बताइन् ।

उपहार चलचित्रमा अभिनेत्री थापासँगै पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पणजंग कार्की, शिशिर राणा, सुष्मा कार्की, अंशु महर्जन, विनोदकुमार पौडेललगायत कलाकारले अभिनय गरेका छन् ।

चलचित्रलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । उनले अभिनेत्री थापासँग लामो समयदेखि काम गरिरहेको स्मरण गर्दै चलचित्रमा ३ अभिनेत्रीलाई मुख्य पात्रका रूपमा प्रस्तुत गरेको बताए ।

रेखा फिल्मस् र कपनगढी सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र फागुन २५ गते प्रदर्शन तय भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...