नेपाल यमनसँग पराजित

31

काठमाडौँ, ५ मंसिर । फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपाल यमनसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा समूह ‘ए’ अन्तर्गत आज भएको खेलमा नेपाल यमनसँग २–० गोलअन्तरले पराजित भएको हो ।

यमनको जितमा ओमर अब्दुल अल दाहीले र मोहम्मद अब्दुल्लाह अल दाहीले समान एक–एक गोल गरे । ओमरले खेलको ७२औँ मिनेटमा गोल गर्दै यमनलाई पहिलो अग्रता दिलाए ।

त्यस्तै खेलको ९०औँ मिनेटमा मोहम्मदले एक गोल थप्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । नेपालले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा प्रतियोगितामा हार बेहोर्न बाध्य बन्यो ।

यस जितसँगै यमनले शीर्ष तीन अंक जोडेको छ । नेपालको भने यो लगातार दोस्रो हार हो । यसअघि छनोटको दोस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट् (युएई)सँग ४–० गोलअन्तरले पराजित भएको थियो । त्यस्तै, यमन बहराइनसँग २–२ गोलअन्तरले पराजित भएको थियो । उक्त प्रतियोगिताको छनोटअन्तर्गत तेस्रो र चौथो खेल आगामी मार्चमा हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...