निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्छ : राष्ट्रपति पौडेल

18

काठमाडौँ, २८ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शंखधर साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा जोड दिएका छन् ।

नेपाल सम्वत् ११४४ प्रारम्भ भएका अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले साख्वाले काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरिब जनतालाई ऋणमुक्त गरेको परोपकारी कार्यलाई सबैले अनुशरण गर्नुपर्ने बताए ।

राष्ट्रपति पौडेलले चाडपर्व र यस खालका असल परम्पराले नेपाली समाजलाई सभ्य र सहिष्णु बनाउँदै लगेको उल्लेख गर्दै साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल सम्वत् मौलिक राष्ट्रिय सम्वत् रहेका बताए । यस सम्वत्‌को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदादेखि सुरू हुन्छ । यस दिनलाई नेपाल सम्वत्‌को नयाँ वर्षको रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखालगायत स्थानहरूमा नयाँ सम्वत् सुरू हुने दिनका रूपमा विशेष पर्वका रूपमा मनाउने गरिन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...