क्रिकेट खेलाडी गुलशन झा सम्मानित

35

मलंगवा, २८ कात्तिक । राष्ट्रिय टोलीका क्रिकेट खेलाडी गुलशन झालाई सोमबार एक कार्यक्रमबीच मलंगवामा सम्मान गरिएको छ ।

नेपालले टी–२० विश्वकपमा स्थान बनाउँदा क्रिकेट खेलाडी झाले उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाल पत्रकार महासंघ सर्लाही शाखाले उनलाई सम्मान गरेको हो ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका–७ सगरदिना स्थायी घर भएका झा हाल सदरमुकाम मलंगवा–८ मा बसोबास गर्दै आएका छन् ।

क्रिकेट खेलको माध्यमबाट झाले सर्लाहीसहित देशको मानसम्मान अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गरेको उल्लेख गर्दै उनलाई सम्मान गरिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंक क्षेत्रीले जानकारी दिए । राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर झाको हौसला बढाउनका लागि अभिनन्दन गरिएको उनले बताए ।

जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, नेपाल पत्रकार महासंघका अध्यक्ष क्षेत्रीले संयुक्त रूपमा क्रिकेट खेलाडी झालाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...