राम सिंहको ‘मलाई छेक्यो तिम्रै मायाले’ सार्वजनिक [भिडिओ]

55

काठमाडौँ, २५ कात्तिक । गायक राम सिंहको आवाजमा सजिएको ‘मलाई छेक्यो तिम्रै मायाले’ बोलको गीत सार्वजनिक भएको छ ।

लोकभाका र आधुनिक संगीतको फ्युजन गरिएको गीतको म्युजिक भिडिओ नेपमेलो युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

गीतका शब्द राम सिंहले नै लेखेका हुन् भने संगीत पनि उनकै छ । संगीत संयोजन योगेशकाजी शाहले गरेका छन् ।

म्युजिक भिडिओको निर्देशन गम्भीर विष्टले गरेका हुन् । भिडिओमा राम सिंह, योगेशकाजी शाह, स्मृति श्रेष्ठ, अनिता पराजुली र सिर्जना किरातीलगायतको अभिनय रहेको छ ।

गायक राम सिंह नेपालका एक चर्चित बाँसुरी बाधक पनि हुन् । ९० को दशकतिर गायक उनले थुप्रै चर्चित गीतहरूमा आफ्नो बाँसुरीको धुन गुञ्जाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...