भूकम्पबाट रूकुम पश्चिममा मृत्यु हुनेको संख्या ५३ पुग्यो

20

रूकुम पश्चिम, २४ कात्तिक । यही कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्पमा परी घाइते भएको एक जनाको मृत्यु भएको छ ।

चौरजहारी नगरपालिकामा कार्यरत २३ वर्षीय नगर प्रहरी निरोज विष्टको उपचारका क्रममा मृत्यु भएको हो । सुर्खेतको कालागाउँस्थित प्रादेशिक अस्पतालमा आज बिहान ९ बजे उनको मृत्यु भएको रूकुम पश्चिम जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए ।

मृतक विष्ट चौरजहारी नगरपालिका–१ निवासी हुन् । योसँगै जिल्लामा भूकम्पका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

वडा नम्बर ८ को गोइरी जिउलामा ढुंगा, गिट्टी तथा बालुवा नियन्त्रणमा खटिएका विष्ट भूकम्प आएपछि त्यहाँ उद्धारका लागि मोटरसाइकलमा जाँदै गर्दा बाटोमा माथिबाट खसेको पहिरोले टाउकोमा लाग्दा उनी गम्भीर घाइते भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...