काठमाडौँ, २१ कात्तिक। गायक डा.दामोदर पाण्डेको स्वरमा नयाँ गीत भिडिओ ‘तिम्रो याद’ सार्वजनिक भएको छ । आज नेपमेलो युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक पाण्डेकै शब्द रचना रहेको छ ।
गीतमा संगीतकार उपेन्द्र लाल सिंहले संगीत भरेका छन् भने गीतको एरेन्ज प्रमोद परियारले गरेका छन् । भिडिओको निर्देशन भने सान थापाले गरेका हुन् ।
बुद्ध थापाको सिनेमेटोग्राफी रहेको गीतको भिडिओमा मोडल विकाश लामिछाने र समारिका ढकालले अभिनय गरेका छन् ।