ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा २ जनाको मृत्यु

23

बलेवा, २१ कात्तिक । बालगुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गएराति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होम बहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अश्विन परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

ट्याक्सी सडकबाट १०० मिटर तल खसेको थियो । दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...