नेपाली क्रिकेट टिमलाई क्यानले ५० लाख रूपैयाँ दिने

25

काठमाडौँ, २० कात्तिक । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा छनोट हुन सफल राष्ट्रिय क्रिकेट टोलीलाई प्रोत्साहन स्वरूप ५० लाख रूपैयाँ दिने भएको छ ।

सोमबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले विश्वकपमा छानेट हुन सफल राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख रूपैयाँ दिने निर्णय गरेको हो ।

नेपाल आइसिसी पुरूष टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा उत्कृष्ठ प्रदर्शन गर्दै आउँदो वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट भएको थियो ।

यस्तै, क्यानले भर्खरै मलेसियामा सम्पन्न एसीसी पुरूष १९ वर्षमुनिको प्रिमियर कप क्रिकेट प्रतियोगितामा विजयी भइ आउँदो वर्ष सञ्चालन हुने १९ वर्षमुनिको एसिया कपमा छनोट हुन सफल टोलीका सबै सदस्यलाई जनही ५० हजार रूपैयाँ दिने निर्णय पनि गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...