जाजरकोट भूकम्प : घाइते र कुरूवालाई हवाई भाडा नलाग्ने

17

काठमाडौँ, २० कात्तिक । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भूकम्प प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र उनीहरूका कुरूवाको हवाई भाडा नलिने निर्णय गरेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैँचालो प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र तिनका कुरूवाको हवाई भाडा निगमको सामाजिक उत्तरदायित्वअन्तर्गत बेहोर्ने निर्णय गरेको छ ।

सरकारसँगको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट प्राप्त हुने राहत सामग्रीसमेत विमानको क्षमता र स्थान उपलब्धताका आधारमा निःशुल्क ढुवानी गरिने छ ।

एयरलाइन्सले शनिबार भूकम्प प्रभावित क्षेत्रबाट घाइतेहरूलाई नेपालगञ्ज र काठमाडौँसम्म उद्धार गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...