श्रीलंकामाथि कीर्तिमानी जितसँगै भारत सेमिफाइनलमा

17

काठमाडौँ, १७ कात्तिक । आइसिसी क्रिकेट विश्वकपमा आयोजक भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारतले बिहीबार मुम्बईमा भएको खेलमा श्रीलंकामाथि ३०२ रनको विशाल जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । यो रनको आधारमा विश्वकपको सबैभन्दा ठुलो जित हो ।

अन्तिम २ खेल बाँकी रहँदै अन्तिम चारमा पुगेको शीर्ष स्थानको भारतको ७ खेलबाट १४ अंक भएको छ ।

भारतले दिएको ३५८ रनको लक्ष्य पछ्याएको श्रीलंका १९.४ ओभरमा ५५ रनमा अलआउट भयो । श्रीलंकाका एन्जेले म्याथुज र महिश तक्षणाले ११ रन तथा कसुन रन्थिताले १४ रन जोडेका थिए ।

बलिङतर्फ भारतका मोहम्मद शामीले ५, मोहम्मद सिराजले ३ तथा जसप्रित बुमराह र रविन्द्र जडेजाले समान एक–एक विकेट हात पारे ।

त्यसअघि मुम्बईस्थित वानखेडे स्टेडियममा श्रीलंकाले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टोली भारतले ५० ओभरमा ८ विकेट गुमाएर ३५७ रन बनाएको थियो । उसका लागि शुभमन गिलले सर्वाधिक ९२ रनको योगदान दिए ।

विराट कोहलीले ८८, श्रेयस आयरले ८२, रविन्द्र जडेजाले ३५ तथा लोकेश राहुलले २१ रन बनाए ।

श्रीलंकाका दिलशान मधुशंका एक्लैले ५ विकेट लिए । उनले १० ओभरमा ८० रन खर्चिए ।

Share This:
सम्बन्धित खबर
Loading...