इजरायल–हमास युद्ध : ९ हजारभन्दा बढीको मृत्यु, ३२ हजार घाइते

44

एजेन्सी, १६ कात्तिक । इजरायल र हमासबीच जारी द्वन्द्व सुरू भएयता गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टिनीको संख्या ९ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।

मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले पत्रकार सम्मेलनमा ३ हजार ७६० बालबालिका र २ हजार ३२६ महिलासहित मृत्यु हुनेको संख्या ९ हजार ६१ पुगेको र घाइतेको संख्या ३२ हजार नाघेको जानकारी दिए ।

गाजाको सरकारी सञ्चार कार्यालयले इजरायलले आफ्नो आक्रमणको सुरूवातदेखि गाजापट्टीमा १० भन्दा बढी बम खसालेको र इजरायलले प्रयोग गर्ने बिस्फोटक पदार्थको मात्रा २ हजार ५०० टनभन्दा बढी वा प्रतिवर्ग किलोमिटर लगभग ७० टन पुगेको अनुमान गरेको छ ।

अक्टोबर ७ मा हमासले इजरायलमाथि एक्कासी आक्रमण गरी हजारौँ रकेट प्रहार गरेको थियो र इजरायली भूमिमा घुसपैठ गरेको थियो । जसमा इजरायलमा कम्तिमा १ हजार ४०० व्यक्तिको मृत्यु भएको थियो ।

यसको जबाफमा इजरायली सेनाले गाजापट्टीविरूद्ध हवाई आक्रमण र स्थलगत बारबाही सुरू गरेको थियो भने प्यालेस्टिनी इलाकामा नाकाबन्दी लगाएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...