आठौँ अरूणभ्याली फुटबल प्रतियोगिता कात्तिक २० गतेदेखि [तालिकासहित]

133

काठमाडौँ, १६ कात्तिक । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङमा आमन्त्रित अरुणभ्याली गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ ।

महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा आगामी कात्तिक २० गतेदेखि २४ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा ८ क्लबको सहभागिता हुने आयोजक एडभान्स क्लबले जनाएको छ ।

प्रतियोगिताकाे उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र तीनपोखरीबीच प्रतिस्पर्धा हुने छ । यस्तै, सोही दिनको दोस्रो खेलमा अरूण एडभान्स र शीत्तलपाटी पाटीबीच प्रतिस्पर्धा हुने छ । कात्तिक २१ गते क्वाटर फाइनलका खेलहरू हुने छन् भने कात्तिक २३ गते सेमिफाइनलको खेल हुने छ ।

कात्तिक २४ गते शुक्रबार प्रतियोगिताको फाइनल फाइनल खेल हुने छ ।

प्रतियोगितामा आयोजक एडभान्स क्लबसहित फ्रेण्ड्स क्लब, तीनपोखरी क्लब, अरूण एडभान्स, शीत्तलपाटी एफसी, मिरमिरे युवा क्लब, प्रदेश पुलिस क्लब, सेकाहा सामुदायिक, पञ्चकन्या युथ, लोहोरूङ क्लब, सभापोखरी र खाँदबारी युथ क्लब रहेका छन् ।

विजयी टिमले २ लाख प्राप्त गर्नेछन् भने उपविजेता टोलीले १ लाख पुरस्कार पाउने छन् । यस्तै, सेमिफाइनलमा पुग्ने टिमले २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

एडभान्स क्लबले फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावसायीकरण गर्ने उद्देश्यले २०६४ सालदेखि निरन्तर फुटबल प्रतियोगिता गर्दै आएको छ ।

May be an image of map and text

Share This:
सम्बन्धित खबर
Loading...