रिगाललाई आममाफी दिने निर्णयमा आज फैसला सुनाउँदै सर्वोच्च

16

काठमाडौँ, १६ कात्तिक । सर्वोच्च अदालतले योगराज ढकाल (रिगाल) कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरूद्धको सुनुवाइको फैसला आज सुनाउने भएको छ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरूद्ध परेको रिटमा बिहीबार निर्णय सुनाउने जानकारी दिएको हो ।

संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

सरकारको उक्त सिफारिससँगै रिगाल कारागारमुक्त भएका थिए । रिगालले हत्या गरेको चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सरकारी निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

गत असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि आजका लागि सुनुवाइ निर्धाण भएको थियो ।

गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ढकाललाई आममाफी दिन सिफारिस गर्नुपर्नाको कारणसहितको सम्पूर्ण सक्कल मिसिल असोज २४ गतेभित्र अदालतमा प्रस्तुत गर्न आदेश दिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...