सन्दीप लामिछाने भन्छन्– विश्वकप एसिया छनोटको उपाधि नेपालले जित्छ

31

काठमाडौँ, १४ कात्तिक । नेपालका स्पिनर सन्दीप लामिछानेले आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत एसिया क्वालिफायरको सेमिफाइनलमा प्रवेश गरेसँगै घरेलु टोलीले उपाधि जित्ने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार मलेसियामाथि ६ विकेटको जित हात पार्दै नेपाल समूह ‘ए’बाट एक खेल अगावै जारी एसिया क्वालिफायरको सेमिफाइनलमा पुगेको छ । यो सफलतासँगै भएको पत्रकार सम्मेलनमा सन्दीपले नेपालको अहिले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा निकै राम्रो रहेकाले उपाधि जित्ने नै विश्वास व्यक्त गरे । साथै उनले अहिले नेपालको घरेलु मैदानमा नेपालसँग खेल्न कुनै टोलीका लागि पनि सहज नहुने बताए ।

यो समूहबाट नेपालसँगै ओमान एक खेल बाँकी छँदा नै सेमिफाइनल पुग्न सफल भयो । यी दुईबीच समूह विजेताका लागि अन्तिम खेल आगामी बिहीबार हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...