राष्ट्रसंघका महासचिवले आज संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने

15

काठमाडौँ, १४ कात्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले मंगलबार संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दै छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अपरान्ह ४ बजे गुटरेसले मंगलबार सम्बोधन गर्न लागेका हुन् ।

बैठक आरम्भ भएसँगै गुटरेसले सम्बोधन गर्ने कार्यसूची छ । उनको सम्बोधनलगत्तै बैठकले धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्ने छ ।

संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै महासचिव गुटरेसको सम्बोधन अभिलेख राख्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...