बन्धकलाई अविलम्ब रिहा गर्न महासचिव गुटरेसको आह्वान

22

काठमाडौँ, १२ कात्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले गाजामा बन्धक बनाइएका सबैलाई निःसर्त तत्काल रिहा गर्न आह्वान गरेका छन् ।

नेपालको औपचारिक भ्रमणमा रहेका उक्त विश्व संस्थाका महासचिव गुटरेसले सामाजिक सञ्जालमा “म नेपालबाट गाजामा बन्दी बनाइएका सबैलाई निःसर्त एवम् तत्काल रिहा गर्न आह्वान गर्दछु । सर्वसाधारणको हत्या, उनीहरूमाथि हुने आक्रमण र अपहरणलाई कदापि न्यायोचित मान्न सकिँदैन,” उनले खेलेका छन् ।

नेपालका विपिन जोशीलाई हमासले बन्धक बनाएको आशंका गरिएको छ । आतंकवादी समूह हमासले इजरायलमा गरेको आक्रमणपछि जोशी सम्पर्कविहीन भएका छन् ।

उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मत्यु भएको छ । उक्त समूहले गत असोज २० गते इजरायलमाथि भीषण आक्रमण गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...