यस्ता छन् अष्ट्रेलिया र न्युजिल्यान्डबीचको खेलमा बनेका १२ रेकर्ड

24

काठमाडौँ, १२ कात्तिक । शनिबार भएको रोमाञ्चक खेलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ५ रनले पराजित गरेको छ । अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ३८८ रन बनाएकोमा जबाफमा न्युजिल्यान्डले ९ विकेट गुमाएर ३८३ रन मात्र बनाउन सक्यो ।

एकदिवसीय विश्वकपको यस खेलमा थुप्रै रेकर्डहरू तोडिएका छन् भने नयाँ रेकर्डहरू पनि बनेका छन् । यस्ता छन् अष्ट्रेलिया र न्युजिल्यान्डको खेलमा बनेका केही रेकर्डहरूः

७७१ रन– शनिबारको खेलमा दुवै टोलीले बनाएको कुल रन । एकदिवसीय विश्वकपको कुनै पनि खेलमा बनेको यो सबैभन्दा धेरै रन हो । यसअघि यसै विश्वकपमा दक्षिण अफ्रिका र श्रीलंकाबीच नयाँ दिल्लीमा भएको खेलमा ७५४ रन बनेको थियो ।

३८३ रन– न्युजिल्यान्डले अष्ट्रेलियाविरिूद्ध बनाएको रन । विश्वकपमा लक्ष्य पछ्याउने क्रममा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा धेरै रन हो । यस्तै, विश्वकपमा अष्ट्रेलियाविरूद्ध कुनै पनि टोलीले बनाएको सर्वाधिक ठुलो स्कोर पनि हो । सन् २०१९ मा भारतले अष्ट्रेलियाविरूद्ध ५ विकेटको क्षतिमा ३५३ रन बनाएको थियो । त्यस्तै, न्युजिल्यान्डले विश्वकपमा योभन्दा धेरै रन एक पटक मात्र बनाएको छ । सन् २०१५ मा उसले वेष्ट इन्डिजविरूद्ध ६ विकेटको क्षतिमा ३९३ रन बनाएको थियो ।

Photo : Australian Men’s Cricket Team

३२– शनिबारको खेलमा हिर्काइएको छक्का । यो विश्वकपको कुनै पनि खेलमा प्रहार गरिएको दोस्रो सबैभन्दा धेरै छक्का हो । सन् २०१९ को विश्वकपमा इंग्ल्यान्ड र अफगानिस्तानबीचको खेलमा ३३ वटा छक्का प्रहार भएका थिए ।

७७– रचिन रविन्द्रलाई शतक बनाउन चाहिएको बल । विश्वकपमा कुनै पनि न्युजिल्यान्डका ब्याटरले बनाएको यो सबैभन्दा चाँडो शतक हो । यसअघि उनले नै इंग्ल्यान्डविरूद्धको पहिलो खेलमा ८२ बलमा शतक बनाएर यो रेकर्ड राखेका थिए । अष्ट्रेलियाविरूद्ध कुनै पनि खेलाडीले बनाएको यो सबैभन्दा चाँडो शतक पनि हो । युसअघि सन् १९७५ को फाइनलमा क्लिभ लोइडले ८२ बलमा शतक बनाएका थिए ।

– मिचेल स्टार्क विश्वकपका आफ्नो २४ खेलमा पहिलोपटक विकेटविहीन बनेका हुन् । यसअघि उनले लगातार २३ खेलमा कम्तिमा एक विकेट लिएका थिए । कुनै पनि बलरका लागि यो रेकर्ड थियो ।

२०– अष्ट्रेलियाले प्रहार गरेको छक्काको संख्या । एकदिवसीय खेलमा उसले प्रहार गरेको सबैभन्दा धेरै छक्का हो । यसअघि उसले सन् २०१३ मा भारतविरूद्ध र सन् २०२३ मा पाकिस्तानविरूद्ध एकै खेलमा १९ छक्का प्रहार गरेको थियो । त्यस्तै, कुनै पनि टोलीले एकदिवसीय खेलमा न्युजिल्यान्डविरूद्ध प्रहार गरेको सबैभन्दा धेरै छक्का पनि हो । यसअघि भारतले न्युजिल्यान्डविरूद्ध १९ छक्का प्रहार गरेको थियो ।

Australia’s Travis Head plays a shot during the ICC Men’s Cricket World Cup match between Australia and New Zealand. Photo Ashwini Bhatia/AP

३८८– अष्ट्रेलियाले आफ्नो पारीमा बनाएको रन । एकदिवसीय विश्वकपमा कुनै पनि टोलीले न्युजिल्यान्डविरूद्ध बनाएको सबैभन्दा धेरै रन हो । यसअघि अष्ट्रेलियाले नै सन् २००७ मा न्युजिल्यान्डविरूद्ध ३४८ रन बनाएको थियो । एकदिवसीयमा कुनै पनि टोलीले न्युजिल्यान्डविरूद्ध बनाएको तेस्रो सबैभन्दा ठुलो योगफल पनि हो ।

– अष्ट्रेलियाले लगातार बनाएको ३५० भन्दा बढीको स्कोर । यसअघि अष्ट्रेलियाले पाकिस्तानविरूद्ध ८ विकेटको क्षतिमा ३९९ रन बनाएको थियो भने नेदरल्यान्ड्सविरूद्ध ९ विकेटको क्षतिमा ३६७ रन बनाएको थियो । कुनै पनि एकदिवसीय खेलमा यस्तो उपलब्धि हासिल गर्ने अष्ट्रेलिया पहिलो टोली हो ।

५९– ट्राभिस हेडलाई शतक बनाउन लागेको बलको संख्या । कुनै पनि ओपनिङ ब्याटरले विश्वकपमा बनाएको सबैभन्दा चाँडो शतक हो । यसअघि यही विश्वकपमा भारतका रोहित शर्माले अफगानिस्तानविरूद्ध ६३ बलमा शतक बनाएका थिए । हेडको शतक कुनै पनि एकदिवसीयमा न्युजिल्यान्डविरूद्ध बनाइएको तेस्रो चाँडो शतक हो । यसअघि सन् २०१९ मा थिसारा परेराले ५७ बल तथा सन् २०१८ मा जोनी बेइस्ट्रोले ५८ बलमा शतक बनाएका थिए ।

२५– हेडलाई अर्धशतक बनाउन लागेको बलको संख्या । विश्वकपको डेब्यु खेलमा बनाइएको सबैभन्दा चाँडो अर्धशतक हो । यसअघि सन् २०१५ मा राइली रुसोले वेष्ट इन्डिजविरूद्ध ३१ बलमा अर्धशतक बनाएका थिए । अष्ट्रेलियाका लागि विश्वकपमा बनाइएको सबैभन्दा दोस्रो चाँडो अर्धशतक पनि हो ।

११८– अष्ट्रेलियाले सुरूवाती १० ओभरमा बनाएको रन । कुनै पनि विश्वकपमा टोलीले बनाएको सबैभन्दा दोस्रो धेरै रन हो । सन् २००३ मा वेष्ट इन्डिजले क्यानडाविरूद्ध १० ओभरमा ११९ रन बनाएको थियो ।

१०– अष्ट्रेलियाका ब्याटरले पहिलो १० ओभरमा प्रहार गरेको छक्का । यो कुनै पनि टोलीले पहिलो १० ओभरमा हिर्काएको सबैभन्दा धेरै छक्का हो । यसअघि सन् २०१९ मा पनि वेष्ट इन्डिजले इंग्ल्यान्डविरूद्ध सुरूवाती १० ओभरमा १० छक्का प्रहार गरेको थियो ।
इएसपिएन क्रिकइन्फोबाट

Share This:
सम्बन्धित खबर
Loading...