‘एल क्लासिको’मा रियलको जित

30

काठमाडौँ, १२ कात्तिक । जुड बेलिङघमले आफ्नो गोल वर्षा जारी राख्दा रियल मड्रिडले चिर प्रतिद्वन्द्वी बार्सिलोनालाई ‘एल क्लासिको’मा पराजित गरेको छ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै मड्रिड २–१ गोलले विजयी बनेको हो ।

घरेलु मैदानमा भएको खेलको छैटौँ मिनेटमै इल्के गुन्डोगानको गोलमा बार्सिलोनाले पहिले अग्रता लिएको थियो । तर, त्यसलाई कायम राख्न सकेन ।

दोस्रो हाफको ६८औँ मिनेटमा बेलिङघमले ३० यार्ड टाढाबाट गोल गर्दै खेल बराबरीमा ल्याए । खेल बराबरीतर्फ अघि बढिरहँदा इंग्ल्यान्डका मिडफिल्डरले लुका मोड्रिचको पासमा इन्जुरी समयमा गोल गर्दै मड्रिडलाई सानदार जित दिलाए । यसै सिजनको सुरूवातमा रियल मड्रिड भित्रिएका बेलिङघमको ला लिगामा यो १०औँ गोल हो ।

जितसँगै मड्रिड २८ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ । समान अंक रहेको जिरोना दोस्रो स्थानमा छ । पराजित बार्सिलोना २४ अंकसाथ तेस्रो स्थानमा छ ।

Share This:
सम्बन्धित खबर
Loading...