अख्तियारको कर्मचारी भन्दै ठगी गर्ने पक्राउ

28

कोलहपुर, ११ कात्तिक । जिल्ला प्रहरी कार्यालय बाँकेले आफूलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी हिँड्ने एक जनालाई पक्राउ गरेको छ ।

चितवन जिल्ला भरतपुर महानगरपालिका घर भइ हाल नेपालगञ्ज उपमहानगरपालिका–२० बस्ने मोहन कोइरालालाई बाँके प्रहरीले ठगी गरेको अभियोगमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्त प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार विगत केही समयदेखि एक जना व्यक्तिले जिल्लाका विभिन्न सरकारी कार्यालय तथा संघसंस्थामा पुगेर आफू अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै ठग्ने र लाभ लिने गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको बताए ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगञ्ज तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले निगरानी एवम् खोजतलास गरी कोइरालालाई पक्राउ गरेको हो ।

प्रवक्ता डाँगीले निज कोइरालालाई हाल हिरासतमा राखी अनुसन्धान सुरू गरिएको जानकारी दिँदै उनीबाट कोही व्यक्ति ठगिएको भए जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिन अनुरोध गरिएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...