चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

21

काठमाडौँ, १० कात्तिक । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा निधन भएको चिनियाँ सञ्चार माध्यमले बताएका छन् । प्रधानमन्त्रीबाट हटेसँगै सांघाईमा बसिरहेका उनलाई बिहीबार राति हृदयघात भएको बताइएको छ ।

सिसिटिभीका अनुसार उनलाई स्थानीय समयअनुसार बिहीबार मध्यरातमा हृदयघात भएको थियो ।

उनी चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपी)को तल्लो तहबाट उठ्दै माथि पुग्ने नेताहरूमा गनिन्छन् । उनलाई कुनै समय चीनको भावी राष्ट्रपतिका रूपमा समेत हेर्ने गरिएको थियो ।

सन् २००३ मा प्रधानमन्त्री बनेका ली करिब १० वर्षसम्म पदमा रहेका थिए । पेकिङ विश्वविद्यालयमा अध्ययन गरेका ली चीनको अर्थ नीतिका सुक्ष्म जानकार थिए ।

Share This:
सम्बन्धित खबर
Loading...